राष्ट्रिय सभाको निर्वाचनमा कोशीमा १४ जना अनुपस्थित भएका छन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार कोशीमा पालिकातर्फ ९ जना र प्रदेश सभाबाट ५ जना अनुपस्थित भएका छन् ।
कोशी प्रदेशमा ९३ जना प्रदेश सभा सदस्य रहेका छन् । प्रदेश सभामा रहेका राप्रापका सदस्यहरु मतदानमा सहभागि भएनन् । कोशी प्रदेशमा राप्रपाका ६ जना प्रदेश सभा सदस्य रहेका थिए । ती मध्ये संसदीय दलका नेता समेत रहेका भक्ती सिटौला राजीनामा दिएर प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् ।
उनी बाहेक ५ जना प्रदेश सभा सदस्य मत हाल्न नआएको पूर्व संसदीय दलका नेता भक्ति सिटौलाले बताए । ५ जना मध्ये एक जना सभामुख छन् । सभामुखले भने मतदान गरेनन्।
यस्तै, राप्रपाबाट विजयी भएका राप्रपाका एक जना पालिका अध्यक्ष र २ जना उपाध्यक्षले समेत मतदान गरेनन् । कोशीमा १३७ वटा पालिका रहेको छ । १३७ वटा पालिकाका २७४ जना मध्ये ६ जना राजीनामा दिएर प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेका छन् । एक जना भने भ्रष्टाचार मुद्दा निलम्बन परेका छन् ।