'नक्कली राइफलदेखि पेस्तोलसम्म बोकेर हिँड्ने २ जना कोटेश्वरबाट पक्राउ'

३ हप्ता अगाडि

नक्कली राइफलदेखि पेस्तोलसम्म बोकेर हिँड्ने २ जना कोटेश्वरबाट पक्राउ परेका छन् ।

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले नक्कली हतियारसहित शनिबार राति दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा घर भई काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा डेरा गरी बस्ने २८ वर्षीय किरण घिमिरे र अछाम घर भई काठमाडौं जडीबुटी बस्ने कुमार लोहार रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले थ्री नट थ्री राइफल जस्तो देखिने डमी लामो हतियार १ थान, कटुवा पेस्तोल जस्तो देखिने डमी सानो हतियार २ थान, खुकुरी जस्तो फलामले बनेको हतियार २ थान र मोटरसाइकल १ थान सहित पक्राउ गरेको हो ।

सीसीटीभी फुटेजको आधारमा अनुसन्धान गर्दा बाग्मती प्रदेश ०२–०१२ प ५८५२ नम्बरको यमाहा कम्पनीको एफजेट मोटरसाइकल किरण घिमिरेको रहेको खुल्न आए सँगै निजलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा काठमाडौं महानगरपालिका-३२ स्थित सांस्कृति नृत्य कला केन्द्रमा लुकाएर राखेको अवस्थामा सामानहरू फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल पु¥याउँछ:मुख्यमन्त्री आचार्य

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास