धनुषामा जंगली जानवरबाट बाली जोगाउन खेतमा लगाएको विद्युतीय बारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाधाम नगरपालिका- हरिपुर नयाँटोलका ५० वर्षीय चन्देश्वर महतो रहेका छन् ।
स्थानीयय रामचन्द्र महतोले आफ्नो खेतमा लगाएको विद्युतीय बारमा आज बिहान पौने ११ बजे करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चन्देश्वर रामचन्द्रकै खेतमा मजदुरी गर्न गएका थिए । त्यही विद्युतीय बारमा करेन्ट लागेर एउटा बाँदर समेत मरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लागिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0