'सकियो दशौँ देवदह महोत्सव, १० करोडको कारोवार, एक लाख जनाले गरे अवलोकन'

४ हप्ता अगाडि

देवदह । दशौँ देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०८२ सम्पन्न भएको छ । पुस २३ गतेदेखि माघ ६ गतेसम्म १४ दिन चलेको महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ भने १ लाख बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् ।
समापन समारोहमा प्रतिवेदन प्रस्तुत गर्दै मेला मूल आयोजक समिति संयोजक गणेश कुमार खातीले मेला सफलतापुर्वक सम्पन्न भएको बताए । ‘१० करोडमाथिको कारोवार गर्दै मेला सम्पन्न भएको छ ।’ संयोजक खातीले भने, एक लाख बढी दर्शकले मेला अवलोकन अवलोकन गर्नुभएको छ भने अस्थायी रूपमा मेलाले ५०० जनाको हाराहारीमा रोजगार सिर्जना गरेको तथ्यांक छ ।’

‘राष्ट्रिय स्वाधिनताको लागि अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधिकरण’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको आयोजक उद्योग व्यापार संघ देवदहले जनाएको छ ।

महोत्सवको समापन समारोहमा बोल्दै देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले विगतका दिनमा भन्दा मेलाको दायरा वृद्धि भएको र आयोजकले प्रभावकारी ढंगले समन्वय र सहकार्य गरेको बताइन् ।  उपप्रमुख गुरुङले आर्थिक परिचालन र स्थानीय उत्पादनको बजारिकरणमा मेलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । नगरपालिकाले सधैझैँ मेलालाई सहयोग गर्ने प्रतिबद्धता जनाउंदै उपप्रमुख गुरुङले महोत्सव देवदहको महत्वपूर्ण सम्पत्तिको रूपमा विकास भएको विचार व्यक्त गरिन् ।

मेलाको समापन समारोहमा  उपसमिति संयोजक, संघ–संस्था, सुरक्षाकर्मी, पत्रकार, प्रायोजक, स्टलधनी तथा देवदहवासीप्रति आभार व्यक्त गर्दै सम्मान पत्र समेत प्रदान गरिएको थियो ।

१० वर्षअघि सुरु गरिएको देवदह महोत्सव विभिन्न चुनौती पार गर्दै दशौँ संस्करणसम्म आइपुगेको हो । महोत्सवले व्यापार र मनोरञ्जनसँगै देवदहलाई राष्ट्रिय स्तरमा परिचित गराउन भूमिका खेलेको छ । साथै, महोत्सवअन्तर्गत सञ्चालन हुने सिङ्गिङ तथा डान्सिङ आइडल कार्यक्रमबाट स्थानीय प्रतिभाहरू राष्ट्रिय स्तरका रियालिटी शोसम्म पुग्न सफल भएको आयोजकको भनाइ छ ।

देवदह नगरपालिका सह-आयोजक रहेको महोत्सवमा उद्योग व्यापार महासंघ काठमाडौँ, लुम्बिनी प्रदेश, देवदह उद्योग वाणिज्य संघ, देवदह व्यापार संघलगायत विभिन्न संघ–संस्थाको सहकार्य रहेको थियो । यस वर्ष महोत्सवको मुख्य प्रायोजक सुर्या इन्डस्ट्रिज प्रालि रहेको थियो भने बैंक, बीमा, उद्योग, शिक्षा र सेवा क्षेत्रका दर्जनौँ संस्थाले सह-प्रायोजन गरेका थिए ।

तीन वटा व्यावसायिक संघ संस्थाले आलोपालो महोत्सव संचालन गर्ने कार्यलाई पछ्याउंदै ११औं देवदह महोत्सव आयोजना गर्न उद्योग वाणिज्य संघ देवदहलाई दियो हस्तान्तरण गरिएको छ । उद्योग वाणिज्य संघ देवदहका अध्यक्ष हरी भण्डारी सहितको टिमलाई दियो हस्तान्तरण गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै