भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले राजीनामा दिएकी छन् ।
आज चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेकी दाहालले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा दिएकी हुन् ।
उनले आज मह्यान्ह १२ बजे उम्मेदवारी दिने कार्यक्रम तय गरेकी छन् । राजीनामा दिनुअघि कार्यपालिका बैठक राखेर मेयर दाहालले महानगरका जनप्रतिनिधि तथा कार्मचारीलाई धन्यवाद दिएकी थिइन् ।
दाहालले भरतपुर महानगरपालिकामा दुई पटक प्रमुखको जिम्मेवारी निर्वाह गरेकी थिइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0