नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई रुपन्देही-२ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शनिवार राति सकिएको सचिवालय बैठकले रुपन्देही-२ खाली राखेर उनलाई पाल्पा-२ मा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
हिजो पाल्पा-२ को कुरा आएको थियो, तर पार्टी केन्द्रले आज रुपन्देही-२ मै उम्मेदवार बनाउने निर्णय पार्टी सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले निर्देशन दिएकाे एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज खिमलाल भट्टराईले जानकारी दिए ।
आजै रुपन्देही-२ को क्षेत्रीय कमिटी बैठकको विशेष बैठक बसेर जसरी पनि रुपन्देही-२ बाट पौडेललाई उम्मेदवार बनाउनुपर्ने र जिताउने जिम्मा आफूहरूले लिने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0