'देवदहमा दोस्रो ईप्सा खेलकुद महोत्सव सम्पन्न'

३ महिना अगाडि

रुपन्देहीको देवदहमा आयोजित दोश्रो ईप्सा खेलकुद महोत्सव सम्पन्न भएको छ । पुर्वी क्षेत्र निजी विद्यालय परिवार (ईप्सा) देवदहको आयोजनामा आईतबार सम्पन्न कार्यक्रममा देवदह नगर प्रमुख ध्रुव प्रसाद खरेलले संस्थागत विद्यालयले शिक्षा संगै खेलकुदको विकासमा महत्वपूर्ण योगदान दिएको बताउनु भयो ।

ईप्सा रुपन्देहीका अध्यक्ष रामबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका खरेलले बेला बेलामा हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादन गर्ने बताउदै उत्पादन भएका खेलाडीलाई संरक्षण र सम्वद्र्धन गर्न आवश्यक रहेको औल्याउनु भयो । उहाले संस्थागत विद्यालयले अतिक्ति क्रियाकलापलाई महत्व दिएको बताउदै नगरपालिकाले संचालन गर्ने हरेक किसिमका प्रतियोगितामा संस्थागत विद्यालयका विद्यार्थी उत्कृष्ट हुने गरेको बताउनु भयो ।

पुर्वी क्षेत्र निजी विद्यालय एशोसियसन (ईप्सा) रुपन्देहीले आयोजना गरेको खेलकुद महोत्सव अन्र्तगत भएको एथलेक्टिस खेलमा देवदह बुद्धपव्लिक आवासीय माध्यमिक विद्यालयले १० वटा स्वर्ण जित्न सफल भएको छ । त्यसैगरी खेल महोत्सवमा सगरमाथा आवासीय माध्यमिक विद्यालयले ३, एशियनलाईट बोडिङ्ग स्कुल, देवदह बोडिङ्ग स्कुल, सेभेनस्टार बोडिङ्ग स्कुल, देवदह मदरटङ्गस एकेडेमीले २-२ स्वर्ण र कोलिय बोडिङ्ग स्कुलले एउटा स्वर्ण जित्न सफल भएको ईप्साले जनाएको छ ।

दोश्रो ईप्सा खेलकुद महोत्सवमा १५ वटा ईप्सामा आवद्ध संस्थागत विद्यालयका ९ सय ८० जना विद्यार्थीले भाग लिएको खेल संयोजक कमल पौडेलले जानकारी दिनु भयो। दोश्रो ईप्सा खेलकुद महोत्सव अन्र्तगत भएको छात्र तर्फको भलिवल प्रतियोगिताको उपाधी देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयले हात पारेको छ । प्रतियोगिता अन्र्तगतको फाईनल खेलमा सेभेनस्टार बोडिङ्ग स्कुललाई सोझो सेटमा हराउदै उपाधी जित्न सफल भएको हो । उपाधी जिते संगै देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयले नगद २५ हजार, ट्रफी प्राप्त गरेको छ । खेलमा उपविजेता बनेको सेभेनस्टार बोडिङ्ग स्कुलले नगद १५ हजार र ट्रफी प्राप्त गरेको छ । खेलमा सेभेनस्टार बोडिङ्ग स्कुललाई २५–२१, २५–११ म सोझो सेट जित्दै देवदह बुद्ध पव्लिक आवासी माध्यमिक विद्यालयले उपाधी उचालेको हो । प्रतियोगिता अन्र्तगत भएको पहिलो सेमिफाईलन खेलमा सगरमाथा आवासीय माविले सेभेनस्टारलाई सोझो सेटमा हराएपनि सगरमाथाले बाहिरी खेलाडी हालको उजुरी परेपछि सगरमाथा आवासीय मावि खेलबाट बाहिरिएको हो । प्रतियोगिता अन्र्तगत देवदह बोडिङ्ग स्कुल तृतिय हुदै नगद ५ हजार र ट्रफी प्राप्त गरेको छ ।

यसैगरी छात्रा तर्फ भएको भलिवल खेलमा देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ । फाईनल खेलमा सगरमाथा आवासीय माध्यमिक विद्यालयलाई सोझो सेटमा हराउदै बुद्धपव्लिकले उपाधी हात पारेको हो । उपाधी प्राप्त गरेसंगै बुद्ध पव्लिक आवासीय माविले नगद २५ हजार, ट्रफी प्राप्त गरेको छ । खेलमा उपविजेता बनेको सगरमाथा आवासीय माध्यमिक विद्यालयले नगद १५ हजार, ट्रफी प्राप्त गरेको छ । फाईनल खेलमा २५–१३, २५–१७, २५–११ म तिन सेट जित्दै बुद्धपव्लिक आवासीय माविले उपाधी हात पारेको संयोजक पौडेलले बताउनु भयो । छात्रा तर्फ भएको भलिवल खेलमा एशिनलाईट बोडिङ्ग स्कुल र ग्रिनप्लान्ट आवासीय मावि तृतिय हुदै नगद ५÷५ हजार र ट्रफी प्राप्त गरेको छ । सचिव विनोद थापाको संचालनमा भएको कार्यक्रममा खेल संयोजक कमल पौडेल, सल्लाहकार बोधराज गौडेल लगायतले बोल्नु भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
यो पनि पढ्नुहोस

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ