'जेनजी अगुवा सुधन गुरुङ रास्वपामा प्रवेश गर्दै, गोर्खाबाट उम्मेदवारी तय'

३ महिना अगाडि

जेनजी अगुवाका रूपमा परिचित सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित हुने भएका छन्।

उनले आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगै रास्वपामा औपचारिक प्रवेश गर्ने बताएका छन्।

‘हामी नेपाल’ नामक संस्थाका संस्थापक गुरुङले यसअघि नै गोर्खाबाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। आफ्नो उम्मेदवारीलाई रास्वपाले समर्थन गर्ने भएपछि उनी पार्टी प्रवेश गर्न लागेको बुझिएको छ।

सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै गुरुङले पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट यो निर्णय लिएको उल्लेख गरेका छन्। उनले वैकल्पिक राजनीति, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउने लक्ष्यसहित रास्वपामा आबद्ध हुन लागेको बताएका छन्।

गुरुङको पार्टी प्रवेशले रास्वपामा युवाको सहभागिता थप बलियो हुने र आगामी निर्वाचनमा गोर्खा क्षेत्रमा राजनीतिक प्रतिस्पर्धा थप चर्किने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप