'बालेनले दिए मेयरबाट राजीनामा'

१ महिना अगाडि

मेयर बालेन साहले काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएका छन् । उपमेयर सुनिता डंगोललाई सम्बोधन गर्दै उनले केही बेरअघि राजीनामा दिएका हुन् ।

स्वतन्त्र उठेर मेयर जितेका बालेनले रास्वपामार्फत् औपचारिकरूपमा राजनीतिक दलमा भित्रिएर संसदीय चुनाव लड्ने तयारीसहित राजीनामा दिएका हुन् । उनी रास्वपाको वरिष्ठ नेता भइसकेका छन् । झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्ने उनको तयारी छ ।

उनले आफूले स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन, ‘यस पदमा रहँदा काठमाडौं महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु । अबको दिनम महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास(यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै, तपाईं तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।
धन्यवाद ।’,

बालेनले राजीनामा पत्रमा लेखेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै