'सवारी दुर्घटनामा जनाको मृत्यु, एक गम्भीर घाइते'

३ महिना अगाडि

रौतहटको गौर – गंगापिपरा सडक खण्डअन्तर्गत दुर्गा भगवती गाउँपालिका –४ कछुवापुलमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने एक जना गम्भीर घाइतेको भएको छ ।

शनिवार साँझ करिब ६ बजे बिआर ३० एई ५१३८ नम्बरको मोटरसाइकल दुर्घटना भई पुल तल खसेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

दुर्घटनामा भारतको सिउहर जिल्ला पिपडारी मोहनपुर –६ का अन्दाजी २८ वर्षीय मिन्टु पासवानको उपचारको क्रममा प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिए।

दुर्घटनामा परि सोहि ठाउँका २६ वर्षीय रमेश पासवान समेत घाइते भएका छन । दुबै जनालाई बागमती सेन्ट्रल हस्पिटल गंगापिपरामा प्राथमिक उपचारपछि प्रादेशिक अस्पताल गौरमा थप उपचारका लागि पठाइएको थियो ।

घाइते पासवानलाइ थप उपचारका लागि एलएस न्युरो अस्पताल बारा पठाइएको र अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक बस्यालले जानकारी दिए ।

दुर्घटना के–कसरी भएको एकिन नभएको, मोटरसाइकलको दाहिने साईडको लेगार्ड कुचिएको र ब्लैक ओके रक्सी झोलामा लेगार्डमा झुण्ड्याइएको अवस्थामा फेला परेको उनले बताए ।

घटनाको अनुसान्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ