'काठमाडौँ महानगर प्रहरी प्रमुख पाण्डेको राजीनामा'

३ महिना अगाडि

काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्।

पाण्डेले माघ ३ गतेसम्म आफू बहाल रहने र त्यसपछि औपचारिक रूपमा पदमुक्त हुने बताएका छन्। ‘चार गतेबाट लागू हुने गरी मैले राजीनामा दिएको हुँ,’ उनले भने, ‘माघ ३ गतेसम्म भने म आफ्नो जिम्मेवारीमै रहनेछु।’

काठमाडौँ महानगर प्रहरी बलको नेतृत्व सम्हाल्दै आएका पाण्डेले महानगरको शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन तथा अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए। उनको कार्यकालमा महानगर क्षेत्रभित्रका विभिन्न चुनौतीपूर्ण परिस्थितिमा प्रहरी बलको सक्रियता र समन्वय देखिएको थियो।

राजीनामापछि पाण्डे सक्रिय राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ। उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरिरहेको स्रोतले जनाएको छ। यही उद्देश्यका लागि उनले सरकारी जिम्मेवारीबाट अलग भएर राजनीतिक यात्रातर्फ अघि बढ्ने निर्णय गरेको बुझिएको छ।

उनको राजीनामापछि काठमाडौँ महानगर प्रहरी बलको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा महानगरपालिकाले चाँडै निर्णय गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)