'विद्यालय स्तरीय विज्ञान प्रदर्शनीमा सगरमाथा प्रथम'

३ महिना अगाडि

देवदह । देवदहमा जारी दशौँ देवदह महोत्सवमा आयोजित विज्ञान प्रदर्शनीमा सगरमाथा आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ । प्रदर्शनीको मूल्यांकन विज्ञान शिक्षकहरू युवराज घिमिरे र उमाकान्तले गरेका थिए ।

सात वटा सूचकमा गरिएको मूल्यांकनमा सगरमाथाले सर्वाधिक अंक प्राप्त गरेको मूल्यांकनकर्ता उमाकान्त अधिकारीले बताए । ‘सबै विद्यार्थीहरूले अत्यन्त मेहनत गर्नुभएको थियो ।’ अधिकारीले भने, ‘विज्ञान प्रदर्शनीले विद्यार्थीहरूमा विज्ञानप्रती रुची बढाएको देखियो । हरेक वर्ष सुधार हुँदै गएको छ ।’ मूल्यांकनकर्ताका अनुसार प्रतियोगितामा न्यु नमूना बोर्डिङ स्कूल दोस्रो, केरवानी माध्यमिक विद्यालय तेस्रो र सरस्वती शिक्षालय शान्तवना भएको छ ।

विज्ञान प्रदर्शनीमा उत्कृष्ट चार विद्यालयलाई नगदसहित प्रमाणपत्र एवं सहभागी सम्पूर्ण विद्यालयलाई प्रमाणपत्र प्रदान गरिने प्रदर्शनीका संयोजक चुराबहादुर थापाले जानकारी दिए । माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु¥याउँदै आएको आयोजकको भनाइ छ ।

मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोन लगायतका आकर्षक रहने जनाइएको छ । स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहको महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने जनाइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)