'देवदहमा चौथो गौतम बुद्ध अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिता शुरु'

३ महिना अगाडि

रुपन्देहीको देवदह नगरपालिकामा चौथो गौतम बुद्ध अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिता शुरु भएको छ।

देवदह कराँते डो एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो। प्रतियोगितामा नेपाल, भारत, भूटान र श्रीलंकाका कराते खेलाडीको सहभागिता रहेको छ।

कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले जुन उद्देश्य साथ प्रतियोगिता आयोजना गरिएको हो त्यसको पुर्ण सफलताको शुभकामना दिदै देवदह नगरपालिकाले खेलकुदको विकासको लागि विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आईरहेको बताउनुभयो। उहाँले कराते खेल आत्मरक्षाका निम्ति पनि महत्त्वपूर्ण रहेको र यसले मानिसको साररिक रुपमा पनि अत्यन्तै प्रभावकारी भुमिका निर्वाह गर्ने बताउनुभयो।

सोही अवसरमा नेपाल कराते महासंघ केन्द्रिय सचिव प्रेम बमजम, कार्यक्रम संयोजक तथा संस्थाका पुर्व अध्यक्ष सोभाखर पन्थ लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो। प्रतियोगितामा नेपालबाट २५०, भारतबाट १००, श्रीलंकाबाट ५ र भुटानबाट ५ जना खेलाडीहरु प्रतिस्पर्धा गर्ने व्यवस्थापक समितिका संयोजक सागर काफ्लेले जानकारी दिनु भयो।

देवदह कराँते डो एकेडेमीको अध्यक्ष गामु धोज मल्लको अध्यक्षतामा भएको कार्यक्रम मिलन गुरुङको स्वगत र प्रशिक्षक माधवप्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ