'मामाको छोरालाई खुकुरी प्रहार गरी हत्या गरेको आशंकामा एक युवक पक्राउ'

१ महिना अगाडि

आफ्नै मामाको छोरालाई खुकुरी प्रहार गरी हत्या गरेको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका–११ पूण्यमार्ग बस्ने ३५ वर्षीय रुपक राईलाई खुकुरी प्रहारी गरी हत्या गरेको आरोपमा ३३ वर्षीय रविन राई पक्राउ परेका हुन् ।

धरानस्थित इलालका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) भिषणबाबु राईका अनुसार घटना मंगलबार विहान भएको थियो । रविनलाई भने घटना भएको करिब १२ घण्टा पछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट नियन्त्रणमा लिइएको थियो ।

मृतक रुपककै घरमा रविन पनि बस्दै आएका थिए । के कारणले विवाद भएको र खुकुरी प्रहार गरि हत्या गरिएको हो त्यो भने खुल्न सकेको छैन । उनीहरूबीच यसअघि पनि पटक पटक झगडा हुँदै आएको प्रहरीले जनाएको छ । रविनको शवको पोस्टमार्टमका लागि वीपी प्रतिष्ठानको मर्चरी हाउसमा पुर्‍याइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै