'थाइल्याण्डमा यात्रुवाहक रेलमा क्रेन खस्दा २२ जनाको मृत्यु, ५५ घाइते'

३ महिना अगाडि

थाइल्याण्डको उत्तर–पूर्वी क्षेत्रमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन्।

समाचार संस्था अलजजिराका अनुसार बैंककबाट उबोन रत्चाथानीतर्फ जाँदै गरेको रेल बुधबार बिहान नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा दुर्घटनाग्रस्त भएको हो।

उक्त रेल एउटा उच्चगतिको रेल मार्ग निर्माण भइरहेको स्थान मुनिबाट गुडिरहेको बेला माथि काम गरिरहेको निर्माणाधीन क्रेन भत्किएर रेलमा खसेको थियो। क्रेनको ठक्करपछि रेल लिकबाट बाहिरिएको र त्यसपछि केहीबेर आगलागीसमेत भएको स्थानीय रिपोर्टरले जनाएका छन्।

प्रारम्भिक रूपमा मृतकको संख्या चार मात्र बताइएको भए पनि पछि यो संख्या बढ्दै २२ पुगेको थाई प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका ५५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने घटनास्थलमा अझै उद्धार तथा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश