'काठमाडौं-१ बाट अधिवक्ता कमल कोइरालाले गरे स्वतन्त्र उम्मेदवारी दिने घोषणा'

३ महिना अगाडि

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर-१ बाट अधिवक्ता कमल कोइरालाले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

जेन-जी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिवेशमा उनले आफूलाई नीति निर्माणमा केन्द्रित प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘उनी भन्छन् प्रतिनिधि सभा सदस्य के का लागि बन्ने रु प्रतिनिधि सभा सदस्यको काम केके हुन्रु म के का लागि प्रतिनिधि सभा सदस्य बन्न गइरहेको छु ? मैले प्रतिनिधि सभा सदस्य बनेपछि के गर्नु पर्दछ ? भन्ने स्पष्ट धारणा बोकेर मैले उम्मेदवारी दिएको हुँ ।’

सामाजशास्त्र, राजनीतिशास्त्र र कानूनशास्त्र अध्यापन समेत गराउँदै आएका कोइरालाले विभिन्न संघीय तथा पालिकाका कानून बनाउन, संशोधन तथा खारेजी सम्म गराउने कार्यमा अनुभव बटुलेका छन् । संसद्मा गएर दीर्घकालीन असर पार्ने नीतिगत कमजोरी सुधार्ने र नयाँ कानुन निर्माणमा भूमिका खेल्ने उनको लक्ष्य छ ।

‘म नीति बनाउँछु, सरकारलाई जबाफदेही बनाउँछु, जनताको आवाज संसदसम्म पुर्‍याउँछु,’ उनी भन्छन्, ‘गलत कानुन रोक्छु र राम्रो कानुन अघि बढाउँछु। जनताको आवाज संसदसम्म पुर्‍याउने हो। म बोलिरहेको माइक मेरो हातमा होला तर, संसदको त्यो ३ मिनेट सिंगो जनताको हुनेछ ।’

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप