'दक्षिण कोरियामा नेपाल पत्रकार महासङ्घको नयाँ कार्यसमिति चयन'

३ महिना अगाडि

ईच्छा भण्डारी, सउल । नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। आइतबार दक्षिण कोरियाको राजधानी सउलमा सम्पन्न अधिवेशनको बन्दसत्रले नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

अधिवेशनमा शाखाका कुल २७ सदस्यमध्ये १९ जनाको सक्रिय सहभागिता रहेको थियो। बन्दसत्रको निर्णयअनुसार सन्तोष खड्का शाखाको अध्यक्षमा चयन भएका छन्। महिला उपाध्यक्षको जिम्मेवारी सबिना कार्कीले पाएकी छन् भने खुला उपाध्यक्षमा कोकिल पौडेल चयन भएका छन्। सचिवमा बासुदेव भट्ट र समावेशी सहसचिवमा राजकुमार तामाङ चयन भएका हुन्।

त्यसैगरी कोषाध्यक्ष पदमा प्रमिला बुढाथोकी चयन भएकी छन्। सदस्यहरूमा सुमन कार्की र शिवबहादुर कार्की चयन भएका छन्। महासङ्घको केन्द्रीय परिषद् सदस्यमा केशव पोख्रेल निर्विरोध चयन भएका छन्।

अधिवेशनको उद्घाटन सत्रमा नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा तथा वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले भर्चुअल माध्यमबाट शुभकामना सन्देश दिएका थिए। खुला सत्रमा महासङ्घको केन्द्रीय प्रतिनिधिका रूपमा जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठको सहभागिता रहेको थियो।

कार्यक्रममा दक्षिण कोरियामा क्रियाशील विभिन्न नेपाली सङ्घ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै सहभागी अतिथिहरूले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)