'देवदह महोत्सव : लोकभजन प्रतियोगितामा हरिकीर्तन भजन समूह प्रथम'

३ महिना अगाडि

देवदह । दशौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव-२०८२ अन्तर्गत आयोजित लोक भजन प्रतियोगितामा हरिकीर्तन भजन सक्षम सेवा समिति प्रथम भएको छ । प्रतियोगितामा सहभागी समूहहरूमध्ये सर्वाधिक अंक प्राप्त गर्दै हरिकीर्तन समूह प्रथम भएको जनाइएको छ ।

प्रतियोगितामा महामाया भवानीपुर भजन समूह दोस्रो, केरवानी माध्यमिक विद्यालय संगीत क्लब तेस्रो तथा नवदुर्गा सांस्कृतिक भजन समूह सान्तवना भएका छन् । प्रतियोगितामा विजेता समूहलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको सांस्कृतिक उपसमिति सल्लाहकार तेजु अर्यालले जानकारी दिए । मेलामा समावेश गरिएको लोक भजन प्रतियोगिताले धार्मिक, सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा योगदान पुगेको आयोजकको भनाइ छ ।

प्रतियोगितामा महेन्द्र रेग्मी र दण्डपाणी पाण्डेय निर्णायक भूमिका निर्वाह गरेका थिए । मेलाअन्तर्गत सञ्चालन गरिएका यस्ता सांस्कृतिक कार्यक्रमहरूले स्थानीय प्रतिभा उजागर गर्नुका साथै समुदायलाई सांस्कृतिक रूपमा एकताबद्ध गर्न सहयोग पुगेको आयोजकले जनाएको छ । माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु¥याउँदै आएको आयोजकको भनाइ छ ।

मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, विज्ञान प्रदर्शानी, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोन लगायतका आकर्षक रहने जनाइएको छ । स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहको महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने जनाइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)