'मध्यराति आगो ताप्दा दुई समूहबीच झडप, एक जनाको मृत्यु'

३ महिना अगाडि

ललितपुरमा मध्यराति आगो ताप्ने क्रममा विवाद हुँदा दुई समूहका युवाहरुबीच झडप भएको छ । झडपमा परेका एक व्यक्तिको मृत्यु भएको छ ।

घटना शनिबार रातिको हो । ललितपुरको सुन्धारामा राति आगो बालेर तीन युवाको समूह आगो ताप्दै थियो । सोही क्रममा अर्को तीन जनाको समूह पनि आगो ताप्ने त्यहाँ मिसिएको थियो ।

प्रहरीका अनुसार दुई समूहबीच आगो ताप्ने क्रममा झडप भयो । त्यसपछि दुबै समूह आ–आफ्नो बाटो लागे । उनीहरु आफ्नो कोठामा गएर सुते । यसरी सुत्ने मध्येका सिन्धुली घर भएका २५ वर्षीय विजय राई भने आइतबार बिहान ९ बजेसम्म उठेनन् । अचेत अवस्थामा रहेका उनलाई अस्पताल पुयाउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए ।

राति झडपमा संलग्न हुनु र बिहान मृत फेला पर्नेले झडपकै मुख्य कारण रहेको हुनसक्ने आशंका गरिएको छ । पोष्टमार्टमको रिपोर्ट आइनसकेकाले मृत्युका कारण अहिले नै यकिन नभएको प्रहरीले बताएको छ ।

झडपमा संलग्न दुबै पक्षका युवाहरु ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरु रहेको प्रहरीले बताएको छ ।

दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको एसएसपी बोगटीले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)