देवदह। गौतम बुद्धमावली पञ्चेबजा समुह देवदह–४, को पहिलो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । समुहका अध्यक्ष गिरीप्रसाद विरकट्टाको अध्यक्षता र देवदह नगरपालिका–४, का वडाअध्यक्ष दमननाथ रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
समुहको प्रथम अधिवेशनले पुनः गिरीप्रसाद विरकट्टाको अध्यक्षतामा ११ सदस्यीय नया समिति गठन गरेको छ । जसको उपाध्यक्षमा ईन्द्रबहादुर थापा, सचिवमा मनकुमारी थापा, सहसचिवमा जोगेन्द्रबहादुर राना, कोषाध्यक्षमा रामप्यारी राना रहनु भएको छ । यसैगरी सदस्यहरुमा अमरराज पोखरेल, सूर्यप्रसाद पाठक, केशरी पुन, सुरजबहादुर सार्की, नमिता बुढा, यमबहादुर थापा रहनु भएको छ ।
अधिवेशनले कुलबहादुर दर्लामीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरेको छ । जसको सदस्यहरुमा केशमाया थापा, कल्पना हमाल रहनु भएको छ । अधिवेशनको उद्घाटन गर्दै वडाअध्यक्ष रेग्मीले कला, संस्कार, संस्कृति संरक्षणको लागि वडा कार्यालय सदैव साथमा रहेको बताउनु भयो । उहाले लोपहुन लागेको पञ्चेवाजा संरक्षण गर्ने उद्देश्यले वडा कार्यालयले बजेट विनियोजन गरी पञ्चेवाजाका सामाग्री प्रदान गरिएको जानकारी दिनु भयो । उहाले वडा कार्यालयले प्रदान गरेको पञ्चेबाजाका सामाग्रीलाई व्यवसायीक रुपमा अगाडि बढाउन आग्रह गर्नु भयो ।
कार्यक्रममा अध्यक्ष विरकट्टाले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामप्यारी थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा वडा सदस्य कल्पना हमाल, कोलियराज्य बुद्ध मावली क्षेत्र विकास संस्थाका लिलावल्लभ भट्टराई, नेपाल मगर संघ भवानीपुरका अध्यक्ष चन्द्रबहादुर राना, ईन्द्रबहादुर थापा लगायतले आ–आफना भनाई राख्नु भएको थियो । समुहका सदस्य अमरराज पोखरेलको स्वागत र सहसचिव जोगेन्द्रबहादुर रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।