'ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा ४० वर्षीय सूर्यबहादुर मोक्तानको मृत्यु'

१ महिना अगाडि

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेमा आज दिउँसो ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना.४ ख. ८९२१ नम्बरको ट्रक र मनहरीबाट ज्यामिरेतर्फ आउँदै गरेको ना. ४६ प. ६०२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक मनहरी गाउँपालिका–७ निवासी ४० वर्षीय सूर्यबहादुर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते मोक्तानको मनहरी अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवनमा भर्ना गरिएकोमा उपचारकै क्रममा दिउँसो ३ बजेतिर मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।

ठक्कर दिने ट्रक र चालक हेटौँडा उपमहानगरपालिका–११, थानाभर्‍याइङ निवासी ५४ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै