'भरुवा बन्दुकसहित ७२ वर्षीय राम बहादुर सुनार पक्राउ'

१ महिना अगाडि

विरूवा गाउँपालिका वडा ६ लेवामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध रूपमा भरुवा बन्दुक लुकाई छिपाई मर्मत कार्य भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले ७२ वर्षीय राम बहादुर सुनारलाई पक्राउ गरेको हो ।

प्रहरीले सुनारसहित एकनाले भरुवा बन्दुक, पाटपुर्जा जडान नभएको भरुवा बन्दुक दुई थान, नाल नभएको पाटपुर्जा जडान नभएको भरुवा बन्दुक एक थान बरामद गरेको हो ।

यस्तै सोसँग सम्बन्धित फलामे रडहरू चार थान, भरुवा बन्दुकको छुच्ची छ थान, वारूद १४२ ग्राम, सिसाको छर्रा १०७ वटा, केप छ थान, वारुद बनाउन प्रयोग हुने षोडा एक केजी, भरुवा बन्दुक बनाउन प्रयोग हुने फलामको घोडा तीन थान, चिम्टी दुई थान, फलामको किला चार थान, फलामको चाप एक थान बरामद गरेको प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधारीले जानकारी दिए।

सुनारलाई हातहतियार तथा खरखजना सम्बन्धी मुद्धामा आवश्यक अनुसन्धान तथा कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको चौधारीले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै