'चितवनमा ६८ वर्षीया महिलाको विभत्स हत्या'

१ महिना अगाडि

रत्ननगर नगरपालिका–४ मा महिलाको विभत्स हत्या भएको छ ।

६८ वर्षीया सुकमाया देवी तामाङको शुक्रबार राति हत्या भएको चितवन प्रहरीले जनाएको छ ।

घरको तेस्रो तलामा एक्लै बस्दै आएकी तामाङको सुतेकै ओच्छ्यानमा हातखुट्टा बाँधिएको अवस्थामा शनिबार दिउँसो प्रहरीले भेटेको हो ।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डिएसपी सुवास भट्टका अनुसार लुट्ने प्रयोजनका लागि गएकाले बाँधेर श्वासप्रश्वा रोकेर हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

तामाङको कानमा लगाइएको सुनको मुन्द्रा, औँठी, बालालगायतका गहना लुटिएको प्रारम्भिक छानबिनमा प्रहरीले पाएको छ । ‘उहाँ एक्लै बस्ने र परिवारका सदस्य शोकमा रहेका कारण के कति लुटपाट भएको छ यकिन भन्न सकिने अवस्था छैन,’ डिएसपी जानकारि दिए ।

उनको दुई छोरी र एक छोरा छन् । छोरीहरुको विवाह भइसकेको छ । छोरा भने अत्यधिक मदिरा सेवन गर्ने भएकाले सुधार गृहमा राखिएको छ । छोराको परिवारमा समस्या आएपछि बुहारी विदेश गएकी छन् । तामाङ नाति हुर्काएर बसेकी थिइन् । नाति पनि लागु औषध दुर्व्यसनीमा लागेपछि उनलाई पनि धार गृहमा राखिएको छ ।

प्रारम्भिक अवस्थामा लुटपाटका लागि हत्या गरिएजस्तो देखिए पनि महिलाप्रति रिसइबी पनि हुनसक्ने अनुमान गरेर प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै