गोकुल पाण्डे बुटवल । बुटवलमा भोली अर्थात पौष २६ गतेदेखी सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ हुने भएको छ ।
विद्यालय तहमा विद्यार्थीहरुमा खेलकुदको विकास, प्रतिभा पहिचान र स्वस्थ जिवनशैली प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समिती संयोजक बोनिन पियाले प्रत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
बुटवल देवीनगर एन्फा टेक्नीकल सेन्टरमा पुस २६ देखी २८ सम्म संचालन हुने सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बुटवल उपमहानगरपालिका भित्रका ४२ वटा विद्यालयहरुबाट ९८१ छात्र र ६०७ जना छात्रा गरी कुल १५८८ जना विद्याथीले सहभागिता जनाउने संयोजक पियाले जानकारी दिए ।
प्रतियोगितामा एथ्लेटिक्सतर्फ ( दौड,ज्याभ्लिङ्ग थ्रो, सटपुट, लङ्ग जम्प, हाई जम्प, त्रिपल जम्प), कराते तर्फ ६ र तेक्वान्दो तर्फ ६ वटा विधा तथाा भलिवल र कबड्डी खेल विधामा गरी ३५० विद्यार्थी पुरस्कृत हुनेछन ।
विजेता प्रतियोगी विद्यार्थीले एथ्लेटिक्स, कराते र तेक्वान्दो तर्फ क्रमशः २०००, १,५०० र १००० का दरले नगर पुरस्कार, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन ।
त्यस्तै भलिवल तर्फ प्रथम हुनेले १५,०००, दास्रो हुनेले ७५०० र तेस्रो हुनेले ५००० पाउनेछन । साथै मार्चपास ¥याली प्रर्दशनमा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः १०००० , ६००० र ३००० पाउनेछन । भने समग्र प्रथम, द्धितिय र तृतिय हुनेले २५०००, १५००० र १०००० पाउनेछन ।
पुस २६ गते विहान ११ बजेबाट बुटवल देवीनगर एन्फा टेक्नीकल सेन्टरमा सुरु हुने खेलमा उपस्थित भई खेल अवलोकन गर्न बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेले आग्रह गर्दैै राष्ट्रिय स्तरको यो प्रतियोगिता सफल बनाउन सरोकारवाला सबैमा अपिल समेत गरेका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका नगर उपप्रमुख सावित्रादेवी अर्याल, प्रत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेको समेत उपस्थिती रहेको थियो ।