'देवदह नगरपालिका ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा'

१ महिना अगाडि

देवदह । रुपन्देहीको देवदह नगरपालिका सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नगर घोषणा गरिएको छ। सडकमा आश्रित व्यक्तिको उद्धार र सम्मानजनक जीवन सुनिश्चित गर्न नगरपालिकाले ऐतिहासिक कदम चालेको हो।
यस वर्षभित्र स्थानीय तह हुँदै सबै प्रदेश र मुलुकलाई नै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गर्ने तयारी अनुरुप देवदह नगरपालिकालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ नगरपालिका घोषणा गरिएको हो।आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।
देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले घोषणापत्र पढेर सुनाउनु भएपछि उक्त घोषणा पत्र मानव सेवा आश्रमका अध्यक्ष अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो ।सोही क्रममा देवदहका वडाहरुलाई पनि ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ वडाको पत्र हस्तान्तरण गरिएको थियो।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेल, उपप्रमुख विद्या लक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल, वडा अध्यक्षहरु, जनप्रतिनिधि, विभिन्न राजनीतिक दल तथा संघ संस्थाका प्रतिनिधि र सरोकारवाला निकायहरूको उपस्थितिमा देवदह नगरपालिकालाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गरिएको हो । घोषणासँगै अब देवदह नगरपालिकामा कोही पनि बेसहारा बेवारिसे, अशक्त र अनाथ भई बस्नुपर्ने अवस्थाको अन्त्य भएको र यसको लागी नगर प्रमुख खरेलले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
मानव सेवा आश्रमले कोही पनि मानिस बेवारिसे भएर सडकमा जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले विगत १३ वर्षदेखि सहयोगापेक्षी सडक आश्रित मानवहरूका लागि उपचार र उपचारपछि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको व्यवस्थापन गर्दै आएको जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै