'आगामी प्रतिनिधिसभा निर्वाचन सुरक्षामा ८० हजार सेना परिचालन हुने'

३ महिना अगाडि

नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।

नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार निर्वाचनसम्बन्धी एकीकृत सुरक्षा योजना–२०८२ सरकार, राष्ट्रिय सुरक्षा परिषद् र राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ।

सोही योजनाअनुसार निर्वाचनको एक महिना अघिदेखि नेपाली सेना फिल्डमा परिचालन हुनेछ। निर्वाचनपूर्व सेनाले मतपत्र छपाइको सुरक्षा, विमानस्थल, कारागार तथा अन्य महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी सम्हाल्नेछ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गरी सुरक्षा व्यवस्था मिलाइनेछ।

निर्वाचनका क्रममा नेपाली सेना तेस्रो घेरामा रही निर्वाचनस्थल तथा केन्द्रको सुरक्षा गर्दै राजनीतिक दल, उम्मेदवार, मतदाता र कर्मचारीलाई पूर्ण सुरक्षा प्रत्याभूति दिनेछ। मतदान सम्पन्न भएपछि मतपेटिका ढुवानीदेखि मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी पनि सेनाले लिनेछ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेशस्तरमा सुरक्षा गोष्ठी तथा तालिम सञ्चालन भइरहेका छन्। प्राप्त सुझावका आधारमा परिस्थितिको मूल्याङ्कन गरी आवश्यक थप सुरक्षा प्रबन्ध मिलाइने सेनाले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश