'देवदहमा १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८२ सुरु'

१ महिना अगाडि

देवदह। रुपन्देहीको देवदहमा १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८२ शुरु भएको छ । देवदह उद्योग व्यापार संघको आयोजनामा उक्त महोत्सव शुरु भएको हो ।

महोत्सवमा करिव २ लाख दर्शकले कवलोकन गर्ने र १० करोड बढिको आर्थिक कारोवार गर्ने आयोजकले लक्ष्य लिएको छ । महोत्सवको एक कार्यक्रमका वीच देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले उद्घाटन गर्नु भएको हो । महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख खरेलले मेला महोत्सवले आर्थिक कारोवार चलायमान संगै व्यापार व्यवसाय प्रवद्र्धन हुने बताउनु भयो । उहाले देवदहमा लाग्ने मेला महोृत्सवले देशभर यष्स क्षेत्रलाई परिचित गराउन सकिने बताउदै त्यसको लागि सवैले आ–आफना दायित्व पुरा गर्नुपर्नेमा जोड दिनु भयो ।

नगर प्रमुख खरेलले देवदहको समृद्धिको आधार भनेको नै पर्यटनको विकास भएकोले यस क्षेत्रमा रहेका ऐतिहासिक ठाउहरुको संरक्षण, सम्वद्र्धन संगै उत्खननमा जोड दिएको बताउनु भयो । उहाले यस क्षेत्रमा रहेका ऐतिहासिक पुरातात्विक क्षेत्रलाई व्यवस्थित गर्नको लागि नगरपालिका लागिरहेको बताउनु भयो । उहाले देवदहलालई पर्यटकीय क्षेधको रुपमा विकास गर्न लुम्विनी विकास कोष संग समन्वय भईरहेको जानकारी दिनु भयो । उहाले देवदहको विकास र समृद्धिमा यउस क्षेत्रमा रहेका संघसंस्थाहरुको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । नगर प्रमुख खरेलले मण्डपको जग्गा सामुदायिक वनको कार्ययोजना भित्र रहेको बताउदै सामुदायिक वनले पालिकालाई जग्गा हस्तान्तरण गरेसंगै मण्डपको विकासको शुरुवात गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

देवदह उद्योग व्यापार संघका अध्यक्ष गणेशकुमार खातीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघका महासचिव खेमनारायण पराजुली, देवदह नगरपालिकाका पुर्वनगर प्रमुख हिराबहादुर खत्री, नेपाली कम्यूनिष्ट पार्टीका निर्मल जिसी, नेपाल उद्योग व्यापार संघ प्रदेश अध्यक्ष तारा रोका, रुपन्देही उद्योग व्यापार संघका गोविन्द गैरे, नेकपा एमालेका केशव भट्टराई, देवदह आर्दश क्याम्पस अध्यक्ष वासुदेव रिमाल, देवदह व्यापार संघका माधव ढकाल, नेपाल पत्रकार महासंघका झविन्द देवकोटा लगायतले आ–आफना भनाई राखेका थिए ।

देवदहको शितलनगर देखि विभिन्न झाकी सहितको र्याली देवदह मण्डपमा पुगेर सभामा परिणत भएको थियो । अमृत फुल्लेलको स्वागत, गोविन्द ठड्राईको धन्यवाद र महासचिव धनबहादुर पुवरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै