'टी-२० विश्वकपमा बंगलादेशको माग आइसीसीद्धारा अस्वीकार, नखेले स्वत २ अंक नेपाललाई'

१ महिना अगाडि

विश्वकप टी-२० अन्तरगतका आफ्ना खेलहरु भारतबाहिर सार्न बंगलादेशले गरेको अनुरोधलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले अस्वीकार गरेको छ ।

मङ्गलबार भएको भर्चुअल वार्तामा आइसीसीले बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले राखेको प्रस्ताव आइसीसीले खारेज गरिदिएको हो ।

क्रिकइन्फोका अनुसार सुरक्षा चिन्ताका कारण बङ्गलादेशका खेलहरू भारतबाहिर खेलाउन नसकिने आइसीसीको तर्क छ । आइसीसीले बिसिबीलाई बङ्गलादेशले टी-२० विश्वकप खेल्न भारतमा टीम नपठाएमा अंक गुमाउने चेतावनीसमेत दिएको छ ।

बिसीबीले भने नियामक निकायबाट यस्तो कुनै अल्टिमेटम नआएको दाबी गरेको छ । बीसीसीआई वा बिसिबी दुवैले मङ्गलबारको वार्ताबारे नतिजाबारे कुनै आधिकारिक विज्ञप्ति जारी गरेका छैनन् । यो वार्ता बिसिबीले भारतबाहिर बङ्गलादेशका खेलहरू सार्ने प्रस्तावसहितको पत्र पठाएपछि आइसीसीले आयोजना गरेको थियो ।

२० टीमको यो प्रतियोगिता भारत र श्रीलङ्कामा फेब्रुअरी ७ बाट सुरु हुँदैछ । प्रतियोगिता सुरु हुनु एक महिना अगाडि जटिलता देखा परेको हो। ग्रुप सीमा रहेको बङ्गलादेशले आफ्ना पहिला तीन खेल कोलकातामा खेल्ने तालिका छ। तालीका अनुसार बंगलादेशले फेब्रुअरी ७ मा वेस्ट इन्डिजसँग, फेब्रुअरी ९ मा इटालीसँग र फेब्रुअरी १४ मा इङ्ल्यान्डसँग कोलकातामा तथा अन्तिम ग्रुप खेल नेपालसँग मुम्बईमा फेब्रुअरी १७ मा खेल्नुपर्ने हुन्छ ।

यदि बंगलादेशले भारतमा आएर खेल्न अस्वीकार गरेको खण्डमा उसले समूह चरणका सबै म्याचहरु गुमाउने छ । जसले गर्दा बंगलादेशसँग खेल्नुपर्ने नेपालसहित चारवटै टीमले यत्तिकै २ प्वाइन्ट पाउने छन् । बंगलादेश नखेल्दा, समूह चरणमा नेपालको एउटा प्रतिस्पर्धी कम हुनेछ। तर, नेपालले एउटा टेस्ट राष्ट्रसँग भिडन्तको अवसर गुमाउने छ ।

बंगलादेशले खेलेन भने नेपालका प्रतिस्पर्धीहरुमा ईंग्ल्यान्ड, इटली र वेस्ट इन्डिज रहनेछन् । यीमध्ये इटली नेपालभन्दा कमजोर मानिन्छ । इटलीलाई हराएर वेस्ट इन्डिजविरुद्ध ‘सरप्राइज जित’ निकाल्न सकेमा नेपाल सुपर ८ मा जाने ढोका खुल्न सक्छ । बंगलादेश खेलेको खण्डमा भने पेचिलो प्रतिस्पर्धा हुनेछ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै