'सेयर बजारमा ७ अर्ब नाघ्यो कारोबार'

१ महिना अगाडि

मंगलबार सेयर बजारको परिसूचक नेप्से ९.९३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै २६४९ अंकमा पुगेको छ ।

आज बजार केही उतारचढावमा देखियो । कारोबार सुरु भएपछि नै बढेको नेप्से ११ स् ५७ बजे २६६२ अंकसम्म पुगे पनि त्यसपछि दिनभर कुनै पनि समय सो अंकभन्दा माथि जान सकेन ।

कारोबार रकम बढेको छ । अघिल्लो दिन ६ अर्ब ४७ करोडको कारोबार भएकोमा आज ७ अर्ब १२ करोडको भएको छ । यो रकम एक महिनायताकै उच्च हो । कुल १४८ कम्पनीको मूल्य बढ्दा १०३ को घट्यो भने ८ को स्थिर रह्यो ।

यस दिन फाइनान्समा कारोबारीको आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै २.८७ प्रतिशत बढ्यो । हिजो उत्पादन तथा प्रशोधन सबैभन्दा धेरै ३ प्रतिशत बढेको थियो । आज भने सो समूह ०.५१ प्रतिशत घट्यो । त्यस्तै होटल तथा पर्यटन समूह ०.२३ प्रतिशत घट्यो ।

बैंकिङ ०.४३, विकास बैंक ०.७९, हाइड्रोपावर ०.१३, लगानी ०.३२, जीवन बीमा ०.०४, माइक्रोफाइनान्स ०.८४, निर्जीवन बीमा ०.१२, अन्य ०.७७ तथा व्यापार ०.५४ प्रतिशत बढे ।

जीवन विकास लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै थ्रीस्टार हाइड्रोपावरको ९.५४, जानाकी फाइनान्सको ५.८३, गुडविल फाइनान्सको ५.४६ तथा एसवाई प्यानलको ५.४३ प्रतिशत मूल्य बढ्यो ।

रुरु जलविद्युतको मूल्य सबैभन्दा धेरै ८.४१ प्रतिशत घट्यो । ट्रेड टावरको ६.२६, सान्भी इनर्जीको ५.६१, बन्दीपुर केबुलकारको ५.४२ तथा श्रीनगर एग्रिटेक कम्पनीको ५.१६ प्रतिशत घटे ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा एसवाई प्यानल, बुटवल पावर, शिवम् सिमेन्ट, बन्दीपुर केबुलकार र मञ्जुश्री फाइनान्स छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै