'नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्दा ७ सीट दाबी'

३ महिना अगाडि

नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्दा ७ सीट दाबी गरेको छ।

सचिवालय बैठकपछि कांग्रेस र नेकपासँगको छलफलमा आफूहरूले हरेक प्रदेशमा एकजना पर्ने गरी ७ सीट माग गरेको उपमहासचिव लेखराज भट्टले बताए ।

उनले अहिलेसम्म कुनै टुंगो नलागेको भन्दै अध्यक्षले कांग्रेससँग छलफल गर्ने र उम्मेदवारको टुंगो लगाउने जिम्मा पनि बैठकले अध्यक्षलाई नै दिएको बताए ।

राष्ट्रियसभामा मिलेर जाने भन्नेबारे सहमति भएपनि प्रतिनिधि सभाबारे अहिलेसम्म कुनै छलफल नभएको बताए।

राष्ट्रियसभाको रिक्त हुन लागेको १८ सीटमा माघ ११ गते चुनाव हुँदैछ । त्यसमा कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीसँग गठबन्धन गरेर जान एमाले सहमत भइसकेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप