'झापामा एक कृषकको खेतमा जङ्गली हात्ती मृत फेला'

१ महिना अगाडि

झापाको बुद्धशान्ति गाउँपालिका –३ को एक कृषकको खेतमा जङ्गली हात्ती मृत फेला परेको छ ।

मंगलबार बिहानै मृत जंगली हात्ती देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सिमास्थित कालिका सिमसार जाने बाटोमा स्थानीय लालबहादुर रसाइलीको खेतमा फेला परेको उक्त जंगली हात्तीको दाह्रा भने नभएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय झापाका प्रमुख नथुनी यादवले गोरखापत्रलाई बताउनुभयो ।

हात्ती के कारणले मरेको हो भन्नेबारेमा थप अनुसन्धान गर्न कोशीटप्पु वन्यजन्तु संरक्षणबाट वनविज्ञ टोलीलाई बोलाइसकिएको डिभिजन वन कार्यालय प्रमुख यादवले बताउनुभयो । हात्तीको दाह्रा नपलाएको प्रारम्भिक अनुसन्धानले देखाएको र घाउचोट समेत नदेखिएकाले खानेकुरामा विष मिलाएको हुनसक्ने आशङ्का गरिएको वन कार्यालयका प्रमुख यादवले बताउनुभयो ।

अहिले डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का उठाउने काम गरिरहेको छ । इलाका प्रहरी कार्यालय बुधवारेका प्रमुख प्रहरी नायब निरीक्षक चन्द्र राउतसहितको प्रहरी टोली पनि घटनास्थलमा पुगेर अनुसन्धान थालेको जनाएको छ ।

झापामा पछिल्लो पटक मानव–हात्ती द्वन्द्वका कारण बर्सेनि मानव र हात्तीको मृत्यु हुँदै आइरहेको छ । यस पटक एक जङ्गली हात्तीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै