'स्थानीय खोलामा एक पुरुष मृत अवस्थामा फेला'

३ महिना अगाडि

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका १ रोकाजाखेतमा एक पुरुष मृत फेला परेका छन् ।

स्यालाखदीको अधेरी खोलामा सोही वडा निवासी ४५ वर्षीय नरबहादुर यरी मृत अवस्थामा फेला परेको स्थानीय लालबहादुर बुढाले जानकारी दिए । उनका अनुसार यरी सोही वडाको गाउँघर स्वास्थ्य क्लिनिकमा कार्यालय सहयोगी पदमा कार्यरत थिए ।

उनको शव मङ्गलबार बिहान खोलामा फेला परेको हो । यरी सोमबार कार्यालयबाट घर फर्कदै गर्दा खोलामा लडेको हुनसक्ने बताइएको छ ।

घटनाबारे प्रहरीलाई जानकारी गराइसकेको बुढाले बताए ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले सूचना पाउने वित्तिकै प्रहरी घटनास्थलतर्फ पठाएको जानकारी दिए ।

स्थानीय प्रहरी चौकीबाट घटनास्थल करिब चार घण्टाको पैदल दूरीमा रहेको छ । अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)