'खोटाङका केशरबहादुरले पाए ७० वर्षमा नागरिकता'

१ महिना अगाडि

खोटाङको कोसाकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले करिब सात दशकपछि नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्। विसं २०१३ फागुन ७ गते जन्मिएका बुढाथोकीले आइतबार पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका हुन्।

नागरिकता नहुँदा छोरीहरू शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित हुनुपरेको भन्दै ढिलै भए पनि नागरिकता लिएको उनले बताए । १४ वर्षको उमेरमा रोजगारीका लागि भारत गएका उनी फर्किएपछि कञ्चनपुरमा मजदुरी गर्दै स्थानीय लीला भट्टसँग विवाह गरेका थिए। उनका २२ र आठ वर्षीया दुई छोरी छन्। जेठी छोरी कक्षा १२ मा अध्ययनरत छन्।

५६ वर्षपछि घर फर्किएका बुढाथोकीलाई जेठा दाजु मदनबहादुरको सनाखतमा नागरिकता प्रदान गरिएको हो। “आफूका लागि होइन, छोरीहरूको भविष्यका लागि नागरिकता आवश्यक रहेछ,” उनले भने।

नागरिकता पाएसँगै विवाह दर्ता र छोरीहरूको जन्मदर्ता गर्ने तयारी रहेको उनले बताए। करिब सात दशकपछि नागरिकता प्राप्त हुँदा परिवारमा नयाँ आशा थपिएको भतिज श्यामकुमारले बताए।

चेतनाको अभावमा नागरिकता नबनाउँदा धेरै परिवारका छोराछोरी समस्यामा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै