'सर्लाहीमा घाँटी छिनाएर हत्या गरिएका वन हेरालु रामईश्वर महतोको टाउको फेला'

१ महिना अगाडि

सर्लाहीमा घाँटी छिनाएर हत्या गरिएका वन हेरालु रामईश्वर महतोको टाउको फेला परेको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार केही समय अघि मात्रै झाडीमा महतोको टाउको फेला परेको हो ।

‘घटनास्थल नजिकै झाडीमा टाउको भेटिएको छ । टाउको नभएको शव हिजो नै फेला परेको थियो । घटनास्थलको मुचुल्का र अनुसन्धानपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ, डीएसपी राईले भने ।

शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा ज्यालादारीमा कार्यरत राईटरखोरका ४७ वर्षीय महतोको शव फेला परेको थियो ।

महतोको शव घरदेखि करिब ५०० मिटर टाढा सागरनाथ वन विकास परियोजनाको जंगलभित्र टाउको नभएको अवस्थामा भेटिएको थियो ।

स्थानीयका अनुसार आज बिहान करिब ५ बजेतिर जंगलभित्र रुख काटिएको आवाज सुनेपछि त्यसतर्फ गएका थिए ।

घटनास्थलमा धनुषाको लालगढबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान गरिरहेको थियो ।

सो घटनामा संलग्न रहेको हुनसक्ने आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल पु¥याउँछ:मुख्यमन्त्री आचार्य

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास