तीन दिन लगातार ओरालो लागेको सुनचाँदीको मूल्य शुक्रबार उकालो लागेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ४ हजार ५ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0