'कोइला बालेर सुत्दा निस्सासिएर शिशुको मृत्यु, तीन जना बेहोस'

३ महिना अगाडि

सुर्खेतमा कोइला बालेर सुतेको अवस्थामा एक ३८ दिनको शिशुको मृत्यु भएको छ, भने परिवारका अन्य तीन जना बेहोस भएका छन् ।

सुर्खेतको विरेन्द्रनगरमा कोठाभित्र कोइला बाल्दा निस्किएको धुवाँका कारण ३८ दिनको शिशुको मृत्यु भएको हो ।

भेरीगंगा नगरपालिका-२ की तारा बुढा हाल वीरेन्द्रनगर–१२ मा डेरा गरी बस्दै आएकी थिइन्। बिहीबार बिहान लामो समयसम्म कोठा ढोका नखोलेपछी घरधनीले ढोका खोलेर हेर्दा कोठाभित्र चारै जना अचेत अवस्थामा फेला परेका थिए।

तीमध्ये ३८ दिनकी छोरी प्रतीक्षा बुढाको घटनास्थलमै मृत्यु भइसकेको थियो। बेहोस अवस्थामा रहेकी तारा बुढा, उनकी भदैनी संगम बुढा र १० वर्षका छोरा प्रकाश बुढालाई तत्काल उपचारका लागि प्रदेश अस्पताल लगिएको छ।

उनीहरूको अवस्था उपचारपछि सामान्य हुँदै गएको बताइएको छ। प्रहरीका अनुसार बन्द कोठाभित्र कोइला बालेर सुतेका कारण अक्सिजनको कमी भई घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। शिशुको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप