'भारतबाट ६५४ मेगावाट विद्युत आयात गर्न अनुमति'

३ महिना अगाडि

भारतले भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स) मार्फत प्रतिस्पर्धी दरमा ६५४ मेगावाट विद्युत् आयात गर्न नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ।

भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले डे–अहेड र रियल टाइम मार्केटबाट चौबिसै घण्टा (आरटिसी) विद्युत् आयात गर्न अनुमति नवीकरण गरेको हो। यसअघि दिइएको अनुमतिको म्याद बुधबार सकिँदै थियो।

नेपाल विद्युत् प्राधिकरणले ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट विद्युत् आयात गर्नेछ।

यो अनुमति १७ पुसदेखि १७ चैत (१ जनवरी–३१ मार्च २०२६) सम्म लागू हुनेछ। १८ चैतदेखि १५ भदौ (१ अप्रिल–३१ अगस्ट २०२६) सम्मको नवीकरण पछि गरिने प्राधिकरणले जनाएको छ।

ऊर्जा मन्त्री कुलमान घिसिङले आरटिसी मोडमा विद्युत् आयातको अनुमति नवीकरण भएपछि हिउँद यामको विद्युत् माग व्यवस्थापन सहज हुने बताएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)