'ग्यास बुलेट दुर्घटना, पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध'

३ महिना अगाडि

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडकखण्डको चन्द्रपुर –४ दोस्रो लच्का नजिकै ग्यास बुलेट ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

मङ्गलबार बिहान ७ः५० बजेतिर रक्सौल, भारतबाट महेन्द्रनगर, धनुषातर्फ जाँदै गरेको युपी १७ एपि २११४ नम्बरको ग्यास बुलेट ट्रक दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख राजेन्द्र थापा मगरले जानकारी दिए ।

दुर्घटनामा ग्यास बुलेट ट्रक चालक भारत कदोरमा जिल्ला जयनगरका ३७ वर्षीय पवन यादव घाइते भएका
छन भने उनको सिभिल अस्पताल चन्द्रनिगाहपुरमा उपचार भइ रहेको उनले बताए ।

ग्यास बुलेट ट्रकबाट ग्यास लिक भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन पूर्ण रूपमा रोकिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले जानकारी दिए ।

ग्यास लिक भइरहेकाले सुरक्षाका कारण दुर्घटनास्थलको ३ किलोमिटर वरिपरि मान्छे ओहोर दोहोर गर्नमा रोक लगाइएको उनले बताए । राजमार्ग अवरुद्ध हुँदा पूर्वबाट पश्चिम तथा पश्चिमबाट पूर्वतर्फ आवतजावत गर्ने सवारी साधनबिच बाटोमै अलपत्र परेका छन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप