'सभामुख देवराज घिमिरे र उपभामुख इन्दिरा राना आफ्नो कार्यकाल सकेर आजै बिदा हुने'

२ महिना अगाडि

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपभामुख इन्दिरा राना आफ्नो कार्यकाल सकेर आजै बिदा हुने भएका छन् ।

घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार उनले सरकारी निवास छोड्ने तयारी पनि गरेका छन् ।

संसद् पुनर्स्थापनाको मुद्दा अदालतमा पुगेकोले यसबारे जवाफ दिनुपर्ने हुँदा घिमिरे सार्वजनिक घोषणा नगरी बिदा हुन लागेको उनको भनाइ छ ।

‘पुनर्स्थापनाको मुद्दा अदालतमा पुगेको र यसबारे सम्बन्धित क्षेत्रमा जवाफ दिनुपर्ने अवस्था आउने हुँदा प्रक्रियागत रुपमा अपठ्यारो पर्ने बुझेर उहाँ सार्वजनिक घोषणा नगरी बिदा हुनुहुन्छ,’ उनले भने, ‘आजैदेखि कार्यालय जानुहुन्न । निवास सर्ने तयारी गर्दै गर्नुहुन्छ, डेरा पनि खोजिसक्नु भएको छ ।’

संविधानमा प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेको प्रतिनिधिसभाका सभामुख, उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दिने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल हुने उल्लेख छ ।

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । यसका लागि आज र भोलि आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाइँदै छ ।

यसहिसाबले सभामुख र उपसभामुखको कार्यकाल आज गएराति १२ बजेदेखि सकिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै