'काठमाडौं उपत्यकामा उत्पादन हुने रायो सागमा उच्च मात्रामा विषादी'

२ महिना अगाडि

काठमाडौं उपत्यकामा उत्पादन हुने रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नागार्जुन नगरपालिकाका–६ र ७ (रामकोट) का ५ वटा तरकारी फार्ममा विषादी परीक्षण गरेको थियो ।

विभागले ५ वटा फार्मका साग र गोलभेँडा गरी १४ वटाको नमुना संकलन गरी मोबाइल खाद्य प्रयोगशाला भ्यानमा जीवनाशक विषादीको अवशेष परीक्षण गर्दा ४ वटा फार्मको रायो साग र गोलभेँडा मापदण्डभित्र रहे पनि एक फार्मको सागमा अत्यधिक मात्रामा विषादी रहेको पाइएको हो ।

परीक्षण क्रममा सक्रिय कृषि तथा पशुपन्छी फार्ममा उत्पादित रायोको सागमा अर्गानोफस्फोरस वर्गको विषादी ९९.५२९ प्रतिशत भेटिएको छ ।

सरकारले उक्त विषादीको प्रतिशत दर ३५ भन्दा कम हुँदा मात्रै उपभोगयोग्य मानेको छ ।

अत्यधिक मात्रामा विषादी भेटिएको उक्त फार्मको रायोको साग खान अयोग्य मानिएकाले बिक्री नगर्न निर्देशन दिइएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै