'जेनजी आन्दोलनमा लुटिएका सुरक्षा निकायका ७३३ हतियार फिर्ता'

२ महिना अगाडि

जेनजी आन्दोलनमा लुटिएका सुरक्षा निकायका ७३३ हतियार फिर्ता भएका छन् ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सुरक्षा निकायका हतियारहरु लुटपाट भएका थिए । जसमध्ये अहिलेसम्म ७३३ हतिार फिर्ता आएको गृह मन्त्रालयले बताएको छ । आन्दोलनको क्रममा नेपाल प्रहरीका मात्रै १ हजार २७१ हतियार लुटिएको थियो ।

सशस्त्र प्रहरीका पनि केही हतियार हराएका थिए । जसअनुसार करिब १३ सयको हाराहारीमा हतियार लुटपाट भएका थिए । ती मध्ये करिब साढे ५ सय हतियार अझै फिर्ता आउन बाँकी नै रहेको छ ।

अहिले फेला नपरेका हतियारमध्ये केही भने प्रदर्शनकारीहरूले खोलानाला तथा झाडीतिर फालेको र केहीले मात्रै न्यून मात्रामा लुकाएर राखेको हुनसक्ने सुरक्षा निकायको विश्लेषण छ ।

‘धेरै हतियार फिर्ता आइसकेका छन् । केही हतियार हराएका छन् । तीमध्ये केही हतियार कुनै आपराधिक पृष्ठभूमिका व्यक्तिले लुकाएका होलान् । बाँकी हतियार भने फालिसकेको विश्लेषण हामीले गरेका छौं,’ एक सुरक्षा प्रमुखले गृह मन्त्रालयमा ब्रिफिङको क्रममा भनेका छन् ।

लुटिएका हतियार खोजी गर्न विशेष योजना बनाएर काम गरेको प्रहरीले सो क्रममा लुटिएका बाहेक नै थप ३२ हतियार पनि बरामद गरेको बताएको छन।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै