हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँमा आगलागीबाट एक बालकको मृत्यु भएको छ ।
शुक्रबार साँझ लागेको आगलागीमा परेर खार्पुनाथ गाउँपालिका–२ का २ वर्षीय रेबेन्द जेडाराको मृत्यु भएको हो ।

छेपी जेठरा र रामराज जेठराको घर आगलागी हुदाँ २ वर्षका रेबेन्द जेठाराको मृत्यु भएको खार्पुनाथ गाउँपालिका–२ का दया रावलले जानकारी दिए ।
आगलागीबाट घरमा मालसामान जलेर पुन नष्ट भएको रावलले बताए ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता विष्णु श्रेष्ठका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0