'नेपालमै पहिलो पटक बुटवलमा सिनेमाटोग्राफी र भिडियो एडिटिङ सम्बन्धी विशेष तालिम हुँदै'

३ महिना अगाडि

लुम्बिनी फोटोग्राफर सङ्घको आयोजनामा रुपन्देहीको बुटवलमा नेपालमै पहिलो पटक सिनेमाटोग्राफी र भिडियो एडिटिङ सम्बन्धी विशेष तालिमको आयोजना हुने भएको छ ।

यही पौष २५, २६ र २७ गते बुटवलको सिद्धार्थ कटेजमा आयोजना हुने लुम्बिनी फोटोग्राफर सङ्घका अध्यक्ष दिनेश अर्यालले जानकारी दिए ।

संघले पछिल्लो समय एआई सम्बन्धी तालिम गरिसकेको छ । फोटोग्राफी तथा भिडियोग्राफीमा थप गुणस्तर बृद्धि गराउदै फोटोग्राफी पेशामा संग्लनको हितको लागि नेपालमै पहिलो पटक सिनेमाटोग्राफी तथा भिडियो एडिटिङ सम्बन्धी विशेष तालिम कार्यक्रम आयोजना गर्न लागिएको लुम्बिनी फोटोग्राफर संघका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक दीपक भट्टराईले जानकारी दिए ।

तीन दिने तालिम कार्यक्रममा भारतको चर्चित संस्था ग्रे ईण्डियाका प्रमुख साजन मदानले प्रशिक्षण दिनेछन् । नेपालमा यस किसिमको कार्यक्रम अहिले सम्म नभएको र पहिलो अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम भएकोले सहभागी भई भरपुर उपयोग लिन समेत लुम्बिनी फोटोग्राफर सङ्घका महासचिव त्रिभुवन पाण्डेले आग्रह समेत गरेका छन ।

तालिममा विशेषगरी सिनेमाटोग्राफी के हो ?, भिडियो एडिटिङ के हो ? गिम्बल सेटिङ तथा सञ्चालन, ब्रेकडाउन, प्रि–वेडिङ तथा वेडिङ सिनेमाटिक सुटिङ तरिका, साथै भिडियो एडिटिङ र प्रश्नोत्तर सत्रसमेत समावेश गरिनेछ।

कार्यक्रममा सहभागी संख्या सीमित रहने भएकाले इच्छुक व्यक्तिहरूलाई समयमै आवेदन दिन आयोजकले आग्रह गरेको छ।

फोटोग्राफी तथा भिडियो निर्माण क्षेत्रमा क्रियाशील युवाहरूका लागि यो तालिम ज्ञान, सीप र अनुभव आदान–प्रदान गर्ने महत्वपूर्ण अवसर हुने अपेक्षा आयोजकको रहेको छ।
संघले फोटोग्राफर हरूलाई सबल बनाउनको लागि विभिन्न तालिम सञ्चालन गर्दै आएको छ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 3
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने