राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच सहमति जुटाउने अन्तिम कसरत जारी छ ।

सहमतिको मस्यौदा निर्माणमा संलग्न तीनजनाले रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन् ।
मस्यौदालाई अन्तिम रुप दिने क्रममा रास्वपा केन्द्रीय सदस्य असिम साह, बालेन साहका निकटवर्ति कुमार व्यन्जनकार र निर्देशक आसिफ साहले रविसँग सामूहिक भेट गरेका हुन् । कुराकानी सकारात्मक रहेको बुझिएको छ । आजै सहमतिमा हस्ताक्षर गर्ने गरी नेताहरु दौडधुपमा छन् ।
भावि प्रधानमन्त्रीमा प्रस्तावित हुने गरी बालेन रास्वपा भित्रिने तयारीमा रहेका छन् ।
उनले रास्वपाबाट चुनावमा भाग लिने र त्यसपछि प्रधानमन्त्री बन्ने रोडम्याप छ । बालेनसँगै सबै बैकल्पिक शक्ति र जेनजी समूहहरु रास्वपामा मर्ज गराउने दावी गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0