'नक्कली सर्टिफिकेटबाट जागिर खाएको कसुरमा असईमाथि भ्रष्टाचार मुद्दा'

३ महिना अगाडि

नेपाल प्रहरीको एक प्रहरी सहायक निरीक्षक(असई)ले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ, काठमाडौंमा दरबन्दी भइ कल‌ंकीमा रहेका सेवानिवृत्त प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेर भ्रष्टाचार गरेको आरोपमा आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भट्टले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेरै प्रहरी जवानबाट सेवा प्रवेश गरी असईमा रिर्टायड भएर पेन्सन सुविधासमेत लिइरहेको खुल्न आएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले बताए ।

भट्टले प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा प्रयोजनका लागि भारतबाट ल्याएको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी व्यक्तिगत फाइदा लिएकाले शैक्षिक योग्यताको प्रमाणपत्रहरु छानबिन गरी कारवाही गर्न उजुरी परेको थियो । सोही उजुरी अनुसन्धान गर्ने क्रममा भट्टले जवानमा प्रवेश गर्ने बखत नै नक्कली सर्टिफिकेट पेश गरी जागिर खाएको खुल्न आएको हो ।

अनुसन्धानको क्रममा भट्टले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली, भारतबाट जारी भएको देखिने को र लगायतका शैक्षिक योग्यता झुट्टा रहेको पाइएको हो ।

सोही झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा प्रहरी जवान पदमा २०५० साल चैत २० गते नियुक्ती लिई प्रहरी सहायक निरीक्षक पदसम्म पदोन्नति भई हाल नेपाल सरकारबाट निवृत्तभरण लिइरहेका थिए ।

उनले निवृत्तभरण हैसियत, लाभ, सुविधा लिई भ्रष्टाचारजन्य कसूर गरेको पुष्टि हुन आएको हुँदा उनको उक्त कार्य साबिक भ्रष्टाचार निवरण ऐन, २०१७ को दफा १२ र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूर भएको हुँदा निजलाई साबिक भ्रष्टाचार निवरण ऐन, २०१७ को दफा १२ तथा दफा २९ को उपदफा ९२० र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ