श्रम संस्कृति पार्टीको उपाध्यक्षबाट निलम्बित डा. मित्र परियार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

नेकपाका संयोजक प्रचण्डले परियारलाई आज बिहान पार्टीमा भित्र्याए । परियार प्रचण्डको हात्तीवनस्थित निवास पुगेका थिए ।
बुटवलमा केही दिनअघि आयोजित सभामा परियारले अभद्र शैलीमा अभिव्यक्ति दिएको र जिल्ला सहसंयोजक केशव न्यौपानेलाई आपत्तिजनक र अपमानजनकरूपमा गालीगलौज गरेको भन्दै हर्क साम्पाङले परियारलाई उपाध्यक्षबाट निलम्बन गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0