'जथाभावी रुख काटेको अभियोगमा राप्ती गाउँपालिका अध्यक्ष, तीन वडाध्यक्षसहित आठ जनालाई कैद सजाय'

२ महिना अगाडि

दाङको जिल्ला अदालतले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र तीन जना वडाध्यक्षसहित आठ जनालाई जथाभावी रूख काटेको आरोपमा दोषी ठहर गर्दै कैद सजाए सुनाएको छ।

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीको सौन्दर्यकरण गर्ने नाममा पूर्व–पश्चिम राजमार्गका जथाभावी रुख कटान गरेको मुद्दामा जिल्ला अदालत दाङ देउखुरीले आंशिक अभियोग दाबी पुग्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश राजेश्वर अर्यालको एकल इजलासले राप्ती गाउँपालिकाका अध्यक्ष विष्ट, वडाध्यक्ष चौधरी समेत ९ जना विरुद्ध ‘बिना इजाजत प्रमाण बेगर सडक क्षेत्राधिकार भित्रको रुख काटी काठ ओसारपसार गरेको’ मुद्दामा फैसला सुनाएको अदालतका सूचना अधिकारी गोकर्ण वलीले जानकारी दिए ।

वडा नं ४ का वडाअध्यक्ष बीरबहादुर चौधरी समेत ९ जनाविरुद्ध दायर भएको रुख काटेर ओसारपसार गरेको मुद्दामा आंशिक अभियोग दाबी पुग्ने फैसला गरेको छ ।

सूचना अधिकारी वलीका अनुसार अदालतले राप्ती गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष बीर बहादुर चौधरीलाई १ महिना कैद र १ लाख ४१ हजार २ सय २६ रुपैयाँ बिगो भराउने आदेश भएको हो।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहित १ नम्बर वडाअध्यक्ष गेमे खड्का, ५ नम्बर वडा अध्यक्ष देवप्रसाद चौधरी, काठ खरिद गर्ने झविन्द्र भण्डारी, अभियान चौधरी, नन्दु गिरी र केशरबहादुर चौधरीलाई १५–१५ दिनको कैद सजायको फैसला सुनाएको छ ।

त्यस्तै तत्कालीन सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवाललाई भने अदालतले सफाइ दिएको सूचना अधिकारी वलीले जानकारी दिए । फैसलाको पूर्णपाठ भने आउन अझै समय लाग्ने सूचना अधिकारी वलीले बताए ।

२०८० मंसिर १० गते डिभिजन वन कार्यालय लमही, देउखुरी, दाङका सहायक वन अधिकृत छोटेलाल चौधरीको जाहेरी प्रतिवेदनका आधारमा मुद्दा परेको थियो । यता राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले अन्तिम फैसला नभएको भन्दै उच्च अदालत जाने संकेत गरेका छन् ।

‘हामी जनप्रतिनिधिले रुख काट्ने कुरा त परै जाओस्, रुखको एउटा हाँगा पनि भाँच्ने काम गरेका होइनौं । हामिले न आरा चलायौं, न कसैलाई रुख काट्न आदेश दियौं तर, पनि आज यस्तो’ उनले लेखेका छन्, ‘हामीले गरेको अपराध एउटै थियो–राप्तीका जनलाई बचाउनु, नागरिकको पक्षमा उभिनु ।’ २०७९ साल असोजमा अध्यक्ष चौधरीले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलबाट स्थायी राजधानी राप्ती उपत्यकामा राजधानी स्थान्तरण गर्ने क्रममा राजधानी क्षेत्रको पूर्वपश्चिम राजमार्गको सरफाइ गर्न, रङरोगन गर्न तथा आसपासका झाडी तथा रूख बिरूवा काटेर सफा गरेका थिए।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लुम्बिनी प्रदेशको राजधानीको केन्द्रमा पर्ने राप्ती गाउँपालिका भित्रको सडक खण्डका रूखहरू काटी हिनामिना गरेको आरोपसहित डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत छोटेलाल चौधरीले गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहित नौ जनाविरूद्ध मुद्दा दायर गरेका थिए। सोही मुद्दामा एक इञ्जिनियरले सफाइ पाएका छन् भने अन्यलाई दोषी ठहर गर्दै कैदसहित बिगो रकम भराउन आदेश दिएपछि अहिले अहिले देउखुरी क्षेत्र चर्चामा छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै