सगरमाथा आवासीय माध्यमिक विद्यालय देवदह–७, शीतलनगरमा अध्ययन गर्ने विद्यार्थीहरुको खेल प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले पुस १ गते देखि ४ गते सम्म सञ्चनलन भएको खेल सप्ताह आज सम्पन्न भएको छ । आज कक्षा ८,९ र १० कक्षाका छात्र/छात्रातर्फ विभिन्न खेल सम्पन्न भएका छन् ।
आज भएको सटपुट छात्रातर्फ जस्मिन कुँवरले प्रथम, प्रसुमी सुनारले द्धितीय र प्रेक्षा जि.सी .ले तृतीय स्थान हासिल गरे । त्यसैगरी छात्र सटपुटतर्फ सुमित थापाले प्रथम, सौरव हमालले द्धितीय र आयुष हमालले तृतीय स्थान हासिल गरे । यसैगरी छेलो फाल्ने छात्रातर्फ जस्मिन कुँवरले प्रथम , प्रसुमी सुनारले द्धितीय र सुचना सुनारले तृतीय स्थान हासिल प्राप्त गरे भने छात्रतर्फ हिमाल सारुले प्रथम, विश्वास पल्लीले द्धितीय, आयुष हमालले तृतीय र सौरव हमाले सान्त्वना स्थान हासिल गरे ।
आजै भएको ट्रिपल जम्प छात्रातर्फ जस्मिन कुँवरले प्रथम ,सुचना सुनारले द्धितीय, रेणुका मगरले तृतीय र जान्वी मास्केले सान्त्वना स्थान हासिल गरे । छात्रतर्फ समिर रानाले प्रथम, सुमित थापाले द्धितीय, कपिल रानाले तृतीय र सौरव हमालले सान्त्वना स्थान हासिल गरे । खेल शिक्षक सुजता राना र उमेश रानाको सञ्चालनमा आजका खेल सम्पन्न भई सप्ताह व्यापी खेलकुद प्रतियोगिता समापन भएको अतिरिक्त्त क्रियाकलाप संयोजक दधिराम ज्ञवालीले जानकारी गराउनुभयो ।

