'गुल्मीमा भेटिएको बेवारिसे शवको पहिचान'

२ महिना अगाडि

गत मंसिर २० गते गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ स्थित पनाह खोलामा फेला परेको बेवारिसे शवको पहिचान भएको छ।

मृत फेला परेका गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–१ निवासी ३४ वर्षीय मनोज पोखरेलको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डीएसपी) गंगाबहादुर सारुले बताए ।

मृतकका बुबा कृष्णप्रसाद पोखरेलले शुक्रबार बिहान शवको सनाखत गरेको प्रहरीले जनाएको छ । प्राप्त जानकारीअनुसार मनोज पोखरेल मंसिर १४ गतेदेखि घरबाट बेपत्ता भएका थिए।

उनी केही मात्रामा बौद्धिक अपाङ्गता रहेको व्यक्ति भएको खुल्न आएको छ । जिल्ला अस्पताल तम्घास, गुल्मीमा राखिएको शवको पोस्टमार्टम प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै