'रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै'

२ महिना अगाडि

रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान लागेका छन् ।

नख्खु कारागार प्रशासनले अहिले रविलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याएको छ । केहीबेरमा जहाजबाट उनी भैरहवा जाँदैछन् ।

जिल्ला अदालत रुपन्देहीमा पुगेर उनले छुटपुर्जी कागजात लिनुपर्नेछ । उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेबाट पेश भएको २ करोड ७४ लाख ८४ हजार रूपैयाँ बराबरको बैंक ग्यारेन्टीलाई स्वीकार गर्दै थुनामुक्त गर्न आदेश दिएको थियो ।

बिहान ७ः५५ को टिकट भए पनि भैरहवा एयरपोर्ट आसपास हुस्सु लागेका कारण उडान डिले भएको रुपन्देहीका रास्वपा नेता मधु अर्यालले बताए ।

‘एयरपोर्ट खुलेको छैन, सभापति काठमाडौं एयरपोर्ट आएर बसेको धेरै समय भयो, हामी भैरहवा एयरपोर्टबाट सिधै अदालत जाने हो’, उनले भने ।

भैरहवा विमानस्थलका अनुसार भिजिबिलिटी कम भएका कारण विमान उडान भएका छैनन् । सूचना अधिकारी विनोदसिंह राउतका अनुसार भिजिबिलिटी खुल्क करिब २ घण्टा लाग्नेछ ।

रास्वपाका कार्यकर्ता विमानस्थल वरिपरी पुगिसकेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै